आजको राशिफल : साउन ५

५ साउन २०८०, शुक्रवार अधिक साउन शुक्ल तृतिया

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आज स्वास्थ्यमा खर्च बढ्नसक्छ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि सक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आज स्वास्थ्य सम्बन्धी लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । रुघा लाग्ने जस्ता समस्याले पनि सताउन सक्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा उन्नति र सफलता सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आज गरेका प्रयास र उद्यममा राम्रै सफलता मिल्नेछ । नजिकैको यात्राबाट लाभ नै हुनेछ । साँझमा आफन्तको साथ र सहयोग भरपुर मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आज बन्न लागेको काम बिग्रिनेछ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ, तर नयाँ ज्ञान सिक्ने मौका भने अवश्य मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँकतैबाट कुनै उपहार प्राप्त होला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आज शुभ आरम्भको चर्चा चल्नेछ । नयाँ काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च भने हुनसक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी