कर्णाली प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं, ४ भाद्र : कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि यो निर्णय विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो ।

आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम र यामबहादुर बिसीले साहदत प्राप्त गरेका थिए । उनीहरुको साहदतपछि तत्कालीन सरकारले साविकको कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्तीका दुई जिल्लालाई जोडेर कर्णाली प्रदेश घोषणा गरेको थियो ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय