माल्दिभ्स संसदीय चुनाव : चीनलाई समर्थन गर्ने दललाई दुईतिहाइ बहुमत

Maldives' President Mohamed Muizzu (R) addresses the media representatives after casting his ballot during the country's parliamentary election, in Male on April 21, 2024. The Maldives votes in a parliamentary election likely to test Muizzu's tilt towards China and away from India, the luxury tourism hotspot's traditional benefactor. (Photo by Mohamed Afrah / AFP)

काठमाडौं, १० बैशाख : माल्दिभ्समा भएको संसदीय चुनावमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ । ९३ सदस्यीय संसद्मा मुइज्जुको पिपल्स् न्याश्नल कंग्रेस (पीएनसी) ले ६६ स्थान जितेको प्रारम्भिक नतिजामा बीबीसीले जनाएको छ । देशको संविधान संशोधन गर्न पर्याप्त हुने गरी पीएनसीले संसद्मा दुईतिहाइ बहुमत पाएको हो ।

पीनएनसीको पक्षमा आएको परिणामलाई विश्लेषकरूले चीनसँग निकट सम्बन्ध राख्ने मुइज्जुको नीति नागरिकबाट अनुमोदित भएको मानेका छन् । चीन पक्षधर भनिएका मुइज्जु माल्दिभ्समा लामो समयदेखि पर्दै आएको भारतीय प्रभाव घटाउने पक्षमा हुनुहुन्छ । माल्दिभ्सको यसअघिको सरकारले लिएको पहिला भारत भन्ने नीति अन्त्य गर्ने उद्देश्यसहित उहाँले अभियान चलाउनुभएको छ । उहाँ राष्ट्रपति भएपछि माल्दिभ्समा रहेका भारतीय सेना फिर्ता गर्ने क्रम शुरु भएको छ ।

यसअघि बहुमतमा रहेको माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले जम्मा १५ सिट जितेकाे छ । चुनावको परिणाम औपचारिक रूपमा घोषणा हुन भने बाँकी नै छ । भारतीय सैन्य टोलीलाई फिर्ता पठाउने मुइज्जुको निर्णयका कारण भारत र माल्दिभ्सको सम्बन्धमा समस्या आएको छ । चीनले त्यसबाट फाइदा लिन खोजेको देखिन्छ ।

गएको जनवरीमा चीन भ्रमणमा गएका माल्दिभ्सका राष्ट्रपति मुइज्जुले चिनियाँ लगानी भित्राउने विषयमा विभिन्न सहमतिमा हस्ताक्षर पनि गर्नुभएको छ ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने