वेस्ट इन्डिजका क्रिकेटर डेभन थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं, २१ बैशाख : वेस्ट इन्डिजका क्रिकेटर डेभन थोमसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाँच वर्षका लागि प्रतिबन्ध लगाएको छ । ‘एन्टी करप्शन कोड’ उल्लङ्घनमा दोषी पाएपछि डेभन थोमसलाई आईसीसीले प्रतिबन्ध लगाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

अब पाँच वर्षसम्मका लागि उनले कुनै पनि प्रकारको क्रिकेटमा सहभागी हुने पाउने छैनन् । डेभन थोमसले श्रीलङ्का क्रिकेट, एमिरेट्स क्रिकेट बोर्ड र क्यारेबियन प्रिमियर लिगको ‘एन्टी करप्शन कोड’ उल्लङ्घन गरेको सात आरोप स्वीकार गरेका खबरमा उल्लेख छ । गएको वर्ष नै आईसीसीले ‘एन्टी करप्शन कोड’ उल्लङ्घन गरेको भन्दै थोमसलाई निलम्बन गरेको थियो ।

सन् २००९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका डेभन थोमसले एक टेस्ट, २१ एकदिवसीय क्रिकेट र १२ टी–२० क्रिकेट गरी ३४ खेल खेलेका छन् । उनले पछिल्लो पटक सन् २०२२ मा राष्ट्रिय टोलीबाट खेलेका थिए ।

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा