शेयर बजार सामान्य वृद्धि

काठमाडौं, २१ माघ : आइतबार उच्च अंकले बढेको शेयर बजार सोमबार भने झिनो अंकले सकारात्मक बनेको छ । दिनभरको उतार चढावकाबीच बजार परिसूचक नेप्से २ दशमलव ४१ प्रतिशतले बढेको हो । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज ७ वटा उपसमूह बढेका छन् भने ६ वटा उपसमूहको परिसूचक घटेको छ ।

बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन् । वित्त उपसमूह सर्वाधिक १ दशमलव ०७ प्रतिशतले घटेको छ । सोमबार ३१९ वटा स्टकको २ करोड ३७ लाख ७० हजार कित्ता शेयर ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । कारोबार रकम भने हिजोको तुलनामा घटेको हो ।

उपकार लघुवित्त र भुगोल इजर्नीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर ग्रिन डेभलपमेन्ट बैंक र रिभर फल्स पावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ३५ करोड ३० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने