मुख्य नगदेबाली अलैँचीको भाउ बढ्यो

काठमाडौं, २४ कार्तिक : पूर्वी पहाडी भेगको मुख्य नगदेबाली अलैँचीको भाउ बढेको छ । ताप्लेजुङमा अलैँचीको मूल्य हिजो प्रतिमन अर्थात ४० किलोको एक लाख रुपैयाँ नाघेको छ । गुणस्तरीय अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो ।

अस्ति शनिबार प्रतिमन ९६ हजार रुपैयाँ रहेको अलैँचीको मूल्य शनिबार दिउँसोपछि प्रतिमन दुई हजार रुपैयाँले बढेर ९८ हजार रुपैयाँ पुगेको थियो । हिजो फेरि प्रतिमन चार हजारका दरले बढेर एक लाख दुई हजार रुपैयाँ पुगेको होे । असोज दोस्रो हप्तासम्म प्रतिमन ८५ हजार रुपैयाँमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा १५ देखि १७ हजार रुपैयाँले बढेको छ ।

नयाँ उत्पादन शुरू भएपछि ८० हजार प्रतिमनबाट कारोबार शुरू भएको अलैँचीको मूल्य यसवर्ष अपेक्षाकृत रुपमा बढेको व्यवसायीहरूले बताएका छन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो देश निर्यात हुने गर्छ ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा