निर्वाचनको दिन २ सय ४० जनालाई प्राथमिक उपचार

चितवन, २१ फागुन : नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाको स्वास्थ्य समितीले बिहिबार प्रतिनिधि सभाको निर्वाचनको दिन पश्चिम चितवनका २ वडाका ४ बुथमा प्राथमिक उपचार गरेको छ ।

वडा नं १८ र २० को शशीनगर बुथमा ७५ जना साथै सिमलटाडी बुथमा ६९ जना, भीमनगर बुथमा ६५ जना र दद्धहानी बुथमा ३१ जना गरि २ सय ४० जनालाई प्राथमिक उपचार गरेको स्वास्थ्य समितीका संयोजक राम प्रसाद ढकालले बताए । उपचारको क्रममा १ उच्च रक्तचापको बिरामीलाई मतदान केन्द्रबाट भरतपुर अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको संयोजक ढकालले बताए ।

नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओम प्रसाद लामिछानेको प्रमुख आतिथ्थतामा सम्पन्न कार्यक्रममा सचिव कालिका प्रसाद खनाल, कोषाध्यक्ष हुमराज रेग्मी, डा. विशेश लामिछाने, डा. अजय लामिछाने, हुमानाथ सिग्देल, नविन चापागाई, चन्द्रा गुरुङ, विकास थापा लगायत स्वास्थ्य समितीका सदस्यहरुको उपस्थीती रहेको थियो ।

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो