नेसन्स लिगमा रोनाल्डोबिना नै डेनमार्कमाथि पोर्चुगलको सहज जित

काठमाडौं, १६ असोज : क्रिस्टियानो रोनाल्डोबिना पोर्चुगलले युइएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ गोलले पराजित गरेको छ । डेनमार्कको मैदानमा भएको खेलमा पोर्चुगलका जोआओ क्यान्सेलो, गोन्कालो रामोस, भिटिन्हा र जोआओ फेलिक्सले गोल गरे । डेनमार्कका मिकेल डाम्सगार्ड र रास्मुस होइलुन्डले एक–एक गोल फर्काए ।

रोनाल्डोबिना खेलेको पोर्चुगलले लगातार तेस्रो जित निकाल्दै समूह ए४ मा आफ्नो प्रभाव कायम राखेको छ । प्रशिक्षकसँग विवाद भएको खबरपछि रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए । खेलमा डेनमार्कले दुई पटक बराबरी गरे पनि पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्दै ४–२ को सहज जित निकालेको हो

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी