एसीसी इस्टर्न रिजन क्रिकेट : मलेसियाविरुद्ध सिंगापुरको शानदार जीत 

काठमाडौं, २० फागुन :

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा मलेसियाविरुद्ध सिंगापुरले शानदार जीत निकालेको छ । थाइल्याण्डमा भएको खेलमा सिंगापुरले मलेसियालाई १२८ रनले पराजित हराएको हो । सिंगापुरले दिएको २४० रनको लक्ष्य पछ्याएको मलेसिया १११ रनमै अलआउट भयो ।

मलेसियालाई सस्तैमासमेटन सिंगापुरका अनन्थ कृष्णले चार विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ सय ३९ रन बनाएको थियो । सिंगापुरलाई बलियो स्थितिमा पुर्याउन सिद्धान्तले ७७, सुरेन्द्रन चन्द्रमोहनले ४७, टिमोथी डेभिडले ९२ र आर्यमान सुनिनलले १६ रनको योगदान गरे ।

३२ बल खेलेका टिमोथीले ९२ रन बनाउँदा नौ चौका र सात छक्का हाने । यो सँगै सिंगापुरले चार अंक जोडेको छ भने मलेसियाले यसअगाडि नै चार अंक जोडिसकेको छ । मलेसिया पराजित हुँदा नेपाल शीर्ष दुई हुँदै एसियाकप छनोट खेल्ने संभावना भने कमजोर बनेको छ ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने