लक्ष्य पूरा नगरी युक्रेन युद्धबाटपछि नहट्ने: राष्ट्रपति पुटिन

काठमाडौं, २ आश्विन :

रुसी राष्ट्रपति भ्लादिमीर पटिनले युक्रेन युद्धको लक्ष्यबाट पछाडि नहट्ने बताउनुभएको छ । युक्रेनले रुसी कब्जामा गएको भूमि फिर्ता लिन प्रति-आक्रमण बढाईरहेको बेला पुटिनले डोनबास क्षेत्रलाई मुक्त गर्ने लक्ष्यबाटपछि नहट्ने अडान दोहोर्याउनु भएको छ ।

रुसी भाषीहरुको बाहुल्य रहेको लुहान्स्क र डोनेत्स्कसहित पूरै डोनबास क्षेत्रलाई मुक्त नगरीपछि नहट्ने राष्ट्रपति पुटिनको दृढता रहेकाे छ । रुस जुन लक्ष्यसहित गएको हो त्यो बिस्तारै हात लाग्दै गएको दावी गर्दै उहाँले प्रति-आक्रमण युक्रेनका लागि घातक हुने चेतावनी समेत दिनुभएकाे छ ।

पूर्वी युक्रेनमा हुने थप क्षतिका लागि युक्रेनी सत्ता र उसलाई उचालिरहेका पश्चिमा देशहरु जिम्मेवार हुने पनि उहाँकाे तर्क छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा