तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान

काठमाडौं, ११ कात्तिक : यसपालीको तिहारमा काठमाण्डौ उपत्यकामा झण्डै ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले आउँदो तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गर्नुभयो । यसैबीच एसोसिएसनले भोलिदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ ।

मेलाको तयारी अन्तिम चरणमा पुगेको संयोजक सुमन महर्जनले जानकारी दिनुभयो । मेलामा ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस