सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

????????, ?? ??????? ????????????? ????? ??????????? ?????? ????? ????? ????????? ????? ??????? ?????? ?????? ????????????? ????????? ?????, ?????(??????? ???????)?? ??????? ???????? ?????, ?????(?????? ????????)?? ??????? ????????? ????? ??????? ??????? ? ?????? ? ???? ???????, ????

काठमाडौं, ९ असोज :

सत्तारुढ गठबन्धनको बैठक आज आइतबार पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

गठबन्धनका दलहरुले आइतबारदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने गठबन्धनका एक नेताले जानकारी दिनुभयो ।

शनिबार बसेको गठबन्धनको बैठकमा प्रतिनिधि सभाको सिट बाँडफाँटबारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेको छ । सोही कारण दलहरु छिटो सिट बाँडफाँट टुंगो लगाउनुपर्ने दबावमा छन् ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा