आज पनि सुनचाँदीको भाउ घट्यो

काठमाडौं, १७ असार : आज पनि सुनचाँदीको भाउ घटेको छ । अस्ति सोमबारयता सुनचाँदीको भाउ लगातार घटेको हो । आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँ रहेको थियो । हिजो सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले र सोमबार तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा ४ हजार ७०० रुपैयाँले बढेको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ ।

भाउ घटेर चाँदी आज तोलाको ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा २५ रुपैयाँ र अस्ति १५ रुपैयाँले घटेको थियो । आइतबार चाँदी तोलाको ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा