कांग्रेसका नेता कोइरालाद्वारा चियापान कार्यक्रम आयोजना

काठमाडौं, १३ असोज :

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले काठमाण्डौको बत्तीसपुतलीमा रहेको एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गर्नुभएको छ ।

दशैँको शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको चियापान कार्यक्रममा शीर्ष नेता पनि सहभागी भएका छन् । यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको चियापान कार्यक्रममा भने सहभागी छन् ।

कोइराला पक्षले समानुपातिक बन्दसूची सच्याउनुपर्ने र प्रत्यक्षमा न्यायोचित भाग पाउनुपर्ने माग गरिरहेको छ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा