नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दै

नेपालले दोस्रो खेलमा आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भियतनामबीचको खेल शुक्रबार साँझ पौने ६ बजे सुरु हुने भएकाे छ । फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली भियतनामविरुद्ध नेपाललाई सहज हुने छैन् ।

बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ । पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४–० ले पराजित गरेकाे थियो । समूह ‘एफ’ मा रहेको नेपाल अंक बिहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । त्यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एशियन कप खेल्नेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस