नाइजेरियामा डुंगा दुर्घटना हुँदा ७६ जनाको मृत्यु, ४ बेपत्ता

काठमाडौं, २४ असोज :

अफ्रिकी मुलुक नाइजेरियामा डुंगा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामामा भएको दुर्घटनामा परी ४ जना वेपत्ता भएका हुन् । ८० जना सवार उक्त डुंगा इन्जिन फेल भई पुलमा ठोकिएर दुर्घटना भएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले घटनाप्रति दुस्ख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। उहाँले देशको जल यातायात प्रणालीलाई सुरक्षित राख्न सम्बन्धित निकायलाइ निर्देशन समेत दिनुभएको छ ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी