आईपीएल क्रिकेटमा आज एलिमिनेटर खेल हुँदै

काठमाडौं, १३ जेष्ठ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार तालिकाको तेस्रो र चौथो स्थानमा रहेका सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच एलिमिनेटर खेल हुँदैछ । भारतकाे मुल्लांपुरकाे महाराजा यादवेन्द्र सिंह क्रिकेट स्टेडियममा बुधबार राति पाैने ८ बजेदेखि हैदरावाद र रोयल्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।

खेलको विजेताले पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आरसीबीसँग ९२ रनमा पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा भिड्न लागेको हो । आरसीबी भने पहिलो क्वालिफायरमा विजयी भएसँगै सिधै फाइनल पुगेको छ ।

बुधबारको खेलमा पराजित हुने टिम भने आईपीएलबाट बाहिरिने भएकाे छ ।

संबन्धित शिर्षकहरु

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो