चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले सिक्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं, ३ कार्तिक :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको अवसरमा ललितपुरमा फ्रेण्ड्स अफ सिल्क रोड क्लबले आयोजना गरेको फोटो प्रदर्शनी उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सामाजिक र आर्थिक विकासलाई नयाँ उचाइमा पु¥याएर चीनले विश्वको पहिलो आर्थिक शक्ति राष्ट्रमा सूचीबद्ध हुने सफलता हासिल गरेको बताउनुभयो ।

पछिल्लो समय चीनले गरिबी निवारणमा उच्चतम सफलता हासिल गरी गरिबी पूर्ण उन्मूलन गरेको भन्दै उहाँले औद्योगिकीकरण र सूचना प्रविधिको क्षेत्रमा चीनले पाएको सफलताबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँले नेपालसँग सीमा जोडिएको र नेपालको विकासमा एक असल मित्रको रुपमा चीन सरकारले नेपालको विकास निर्माणमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । फोटो प्रदर्शनीमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्षको अवसरमा चीनले हासिल गरेका उपलब्धिहरू समेटिएका छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस