कार्तिक १३ देखि प्रधानमन्त्री कप क्रिकेट सुरु हुने 

काठमाडौं, ४ कार्तिक :

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज बिहान खेलको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहने क्यानले जनाएको छ। समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ। समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ। प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ।

पहिलो दिन नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा