टि-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्ड र इंग्ल्याण्ड विजयी

काठमाडौं, ६ कार्तिक :

विश्वकप टि-२० क्रिकेटमा न्युजिल्याण्ड र इंग्ल्याण्ड विजयी भएका छन् । अष्ट्रेलियाको सिड्नीमा भएको सुपर १२ को खेलमा न्युजिल्याण्डले आयोजक टोली अष्ट्रेलियालाई ८९ रनले पराजित गरेकाे हाे।

खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय रन जोडेकाे छ । उसका लागि डेभोन कोनवेले अविजित ९२ रनको योगदान दिएका छन् । जवाफमा २ सय १ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभर १ बलमा अलआउट हुनुपूर्व १ सय ११ रन मात्रै बनाउन सकेकाे छ ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न न्युजिल्याण्डका टिम साउदी र मिचेल स्यान्टनरले ३–३ विकेट लिएका छन् । विश्वकप क्रिकेटकै अर्को खेलमा इंग्ल्याण्डले अफ्गानिस्तानलाई ५ विकेटले पराजित गरेकाे छ ।

प्रथम भएको खेलमा अफ्गानिस्तानले दिएको १ सय १३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले १८ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस