काठमाडौं, १५ कार्तिक :
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज (मंगलबार)बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो भने देशका पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, देशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।
मंगलबार राति भने देशका पहाडी भू-भागहरूमा आंशिक बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।





