टी–२० विश्व कप : भारतद्धारा बङ्गलादेश ५ रनले पराजित

काठमाडौं, १६ कार्तिक :

आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले बङ्गलादेशलाई हराएको छ । आज बुधवार एडिलेडमा भएको रोमाञ्चक खेलमा भारतले बङ्गलादेशलाई पाँच रनले हरायो ।

वर्षाले प्रभावित भएको खेलमा १६ ओभरमा एक सय ५१ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले छ विकेट गुमाएर एक सय ४५ रन बनायो । उसका लागि लिटन दासले ६० र नुरुल हसनले २५ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंह र हार्दिक पान्डेयाले दुईरदुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८४ रन बनायो । उसका लागि विराट कोहलीले नटआउट ६४, केएल राहुलले ५० र सूर्यकुमार यादवले ३० रन बनाए । बलिङतर्फ हसन महमुदले तीन र शाकिब अल हसनले दुई विकेट लिए ।

यो जितसँगै भारत चार खेलमा छ अङ्कसहित समूह २ को तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बङ्गलादेश चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस