प्रधानमन्त्री देउवा धनगढीमा

file photo

धनगढी, १६ कार्तिक :

प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आइपुग्नुभएको छ । उहाँ हेलिकप्टरबाट धनगढी आइपुग्नुभएको र अहिले धनगढीस्थित निजी निवासमा पुग्नुभएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो । प्रधानमन्त्री देउवा भोलि (कार्तिक १७ गते) गृहजिल्ला डडेल्धुरा जानुहुने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले कार्तिक १७ गतेदेखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा आयोजना हुने चुनावी प्रचार(प्रसार कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवासँग उहाँका धर्मपत्नी आरजु राणा देउवा रहनुभएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस