अमेरिकामा २ वटा विमान आकाशमै ठोक्किए

काठमाडौं, २७ कार्तिक :

अमेरिकाको टेक्ससमा दुई वटा विमान आकाशमै ठोक्किदा दुर्घटना भएकाे छ । टेक्ससको डालासमा एयर शोका क्रममा द्वितीय विश्व युद्धमा प्रयोग भएका विमानहरु ठोक्किएका हुन् ।

विमान ठोक्किएपछि यसरी विष्फोट भएका थिए कि एउटा विमान आकाशमै चकनाचुर भएको थियो भने अर्को विमान दुई टुक्रा भएको थियो । डालासमा शनिबार दोस्रो विश्व युद्धको स्मृति एयर शो आयोजना गरिएको थियो । शो हेर्न टाढा टाढाबाट मानिसहरु डालास पुगेका थिए । एयर शो चलिरहेका बेला बोइङ बी–१७ विमान किङकोब्रा पी–६३ विमानसँग ठोक्किएको हाे ।

दुर्घटनामा परी कति जनाको निधन भयो भन्ने खुलाइएको छैन् । बोइङ बी–१७ मा चालक दलका कम्तिम ४ जना रहेको जनाइएकाे छ । अर्को विमानमा सामान्यतया पाइलट मात्रै हुने रहने गरेको अमेरिकी एभिसन एडमिनिस्ट्रेसनले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस