चितवन, २९ कार्तिक :
प्रतिनिधिसभा चितवन ३ का प्रत्यक्ष उम्मेदवार डा. भाेजराज अधिकारीले मेघाैली विमानस्थललाई सञ्चालनमा ल्याउन पहल गर्ने बताएका छन् । स्तरउन्नति गरेर विमानस्थललाई सञ्चालन गर्नुपर्नेमा उनको जाेड छ ।
भरतपुर २७ मेघाैलीमा भएको चुनावी काेणसभालाई सम्बाेधन गर्दै उनलेे पश्चिम चितवनको पर्यटन प्रबर्द्धनका लागि पनि विमानस्थल चल्नुपर्ने बताए । “यहाँको माैलिकता आफ्नै किसिमको छ”, डा. भाेजराजले भने,” यहाँका जनता बढि लाभान्वित हुने गरि हामीले याेजना बनाउछाैं” । व्यवसायीक बाताबरण बनाउन नितिगत सुधार गर्ने उनको प्रतिबद्धता छ । उनलेे भने,”मेघाैंली जितपुर, गाेलाघाट क्षेत्रका हाेटल व्यवसाय सुव्यवस्थित बनाउने गरि पहल गर्छाैं” ।
लाेकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार डा. अधिकारीले जनताको जनताकाे आर्थिक समृद्धिका लागि निति निर्माण गर्ने उनको भनाइ छ । “नारायणी र राप्ती भेगमा समानान्तर विकास हुने रणनीति बनाउछाैं”, उनलेे भने,”स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सामाजिक सुरक्षा हाम्रो प्राथमिकता हाे, त्यसै अनुसार काम गर्छाैं” ।मेघाैलीलाई देशकै १०० गन्तव्य क्षेत्रमा समावेश गर्ने उनको प्रतिबद्धता छ ।





