चुनावलाई लोकतन्त्रको उत्सवका रुपमा लिन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, १ मंसिर :

प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो आइतवार हुने चुनाव सफल पार्न सबैको दायित्व उत्तिकै हुने बताउनु भएको छ । उहाँले आज एक भिडियो सन्देश निकाल्दै चुनावको अन्तिम चरणमा रहेको भन्दै यो ऐतिहासिक क्षणलाई सफल पार्न सबैलाई आग्रह गर्नुभयो ।

अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड छ । उहाँले मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन पनि आग्रह गर्नु भएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस