देशभर अहिलेसम्म ४६ प्रतिशत मत खस्याे, ‘मतपेटिका ढुवानीका लागि गाडी तैनाथ’

काठमाडौं, ४ मंसिर :

आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेकाे छ । आज दिउँसो काठमाण्डाै उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृह मन्त्रालयका सचिव विनाेदप्रकाश सिंहले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताउनुभएको हो ।

सचिव सिंहले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको पाएको बताउनुभयो । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान फेरि सुरु गराउन पहल गरिरहेको र कतिपय ठाउँमा फेरि मतदान सुरु भइसकेकाे उहाँकाे भनाइ छ । उहाँले मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका गाडी तैनाथ राखिएको पनि बताउनुभयो ।

सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाण्डाै, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेकाे हाे । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताले उत्साहित भएर मतदान गरिरहेको पाएको सिंहले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा