काठमाडौं, ५ मंसिर :
विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतारलाई इक्वेडरले पराजित गरेको छ ।
कतारको दोहास्थित अल बायत रंगशालामा आइतबार भव्य रुपमा उद्घाटन समारोहपछि भएको खेलमा इक्वेडर २–० ले विजयी भएको हो । इक्वेडरका लागि दुवै गोल इडर भ्यालेन्सीयाले गरेका हुन् । जितसँगै इक्वेडरले समूहमा ३ अंक जोड्दै अग्रता लिएको छ ।
समूहका अन्य दुई टोलीहरू नेदरल्याण्ड्स र सेनेगलबीचको खेल आज सोमबार राति हुने भएको छ । सोमबार हुने समूह ‘बि’ का खेलहरूमा इंग्ल्याण्ड र इरान तथा अमेरिका र वेल्स भिड्ने भएका छन् ।



