रौतहटमा आगलागीबाट तीन बालबालिकाको मृत्यु

रौतहट, ८ मंसिर : 

रौतहटको गौरमा कपास उद्योगमा बुधबार राति आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ ।

गौर नगरपालिका–१ स्थित कपास उद्योगमा भएको आगलागीबाट गौर– १ का ९ वर्षीया रोक्साना खातुन, ५ वर्षीया सबिना खातुन र ७ वर्षीय इरमाश मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यस्तै, आगलागीमा परी गौर–१ निबासी २५ वर्षीय मोहम्मद इसराईल र भारतीय ८ वर्षीय मोहम्मद ईरमाईन घाइते भएका छन् । आगलागीमा ४० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस