विश्वकप फुटबल : आज मोरक्को र पोर्चुगल तथा फ्रान्स र इंग्ल्यान्ड भिड्दै

काठमाडौं, २४ मंसिर :

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को क्वाटरफाइनलमा पुगेको थियो । स्विट्जरल्यान्डलाई हराएर पोर्चुगल पनि क्वाटरफाइनलमा पुगेको थियो । यस्तै, अन्तिम क्वाटरफाइनलमा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

फ्रान्सले पोल्याण्डलाई तथा इंग्ल्यान्डले सेनेगललाई हराएका थिए ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना