समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दलहरुलाई सकस

काठमाडौं, २४ मंसिर :

निर्वाचन आयोगले समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज शनिबार दिउँसो चार बजे सकिँदैछ । तर, राजनीतिक दलहरुले भने सांसदको टुंगो लगाउन सकिरहेका छैनन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् ।

जनमत, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले ३४ पाएको छ । यसैगरी, ३२ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेस रहेको छ भने माओवादी केन्द्रले १४ र राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ । यस्तै, राप्रपाले ७, जसपाले ५ र जनमतले ५ सिट पाएका छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस