चीनमा कोभिडको नयाँ लहर

LAKE SUCCESS, NY - MARCH 11: A lab technician begins semi-automated testing for COVID-19 at Northwell Health Labs on March 11, 2020 in Lake Success, New York. An emergency use authorization by the FDA allows Northwell to move from manual testing to semi-automated. (Photo by Andrew Theodorakis/Getty Images)

काठमाडौं, ४ पुस : चीनको बेइजिङस्थित एक शव दाह गृहबाहिर निजी सवारीसाधनलाई आलोपालो गरेर पठाइँदै । कोभिड १९ को प्रकोप बढेसँगै त्यहाँ मृतकको संख्या बढेको छ भने शववाहनको अभावमा निजी सवारीसाधनले नै शव बोकिरहेका छन् । तस्बिरस् रोयटर्स कोभिड १९ संक्रमणको नयाँ लहर सुरु भएसँगै चीनका प्रमुख सहरका सडकहरू सुनसान देखिन थालेका छन्।भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो। हिउँद यामको सुरुसँगै कोभिड १९ को तेस्रो लहर सुरु भएको चीनका प्रमुख इपिडेमिलोजिस्ट उ जुन्युउले बताएका छन्। अर्को महिना सुरु हुने चिनियाँ नयाँ वर्षमा छुट्टी मनाउन ठुलो संख्यामा मानिस घर फर्कंदा संक्रमण झन् थपिने उनको भनाइ छ।

सर्वसाधारणको ठुलो विरोधपछि चीनले दुई साताअघि शून्य कोभिड १९ नीति परित्याग गरेको थियो। योसँगै ठुलो स्तरमा गरिने भाइरस परीक्षण पनि बन्द भएको छ। चीनमा गत शनिबार थप २ हजार ९७ जनामा लक्षणसहितको कोभिड १९ संक्रमण देखिएको थियो। ओमिक्रोन भाइरसको संक्रामक भेरियन्टका कारण राजधानी बेइजिङका क्याटरिङ र पार्सल डेलिभरी सेवा अवरुद्ध भइसकेको छ। यसैगरी दाहसंस्कार गृहमा पनि चाप बढ्दो छ। बेइजिङको बाबाओसान भन्ने समाधि गृहमा आइतबार एकै मिनेटमा कैयन् शव वाहन प्रवेश गरेको देखिएको थियो भने समाधिस्थलको पार्किङ स्थल पनि पुरै भरिभराउ थियो।

‘शववाहनको अभावमा आफन्तहरूले निजी वाहन प्रयोगमा ल्याइरहेका छन्,’ समाधि गृहमा कार्यरत एक कर्मचारीले नाम नबताउने सर्तमा भने। उनका अनुसार समाधिस्थलबाट निस्कने धुवाँका कारण आकाश धुम्म देखिएको थियो भने मृतकको अस्तु संकलन गर्न आतुर आफन्तजनको भिड ठुलो थियो। चीनको उत्तर–पश्चिम सहर जिआनका सबवे खाली रहेको तस्बिर सामाजिक सञ्जालमा राखिएका छन् भने अर्को सहर सांघाईमा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा पनि कुनै भिड देखिएको छैन। ‘उत्सवको माहोल पुरै हराएको छ,’ सांघाईका एलिस नाम गरेका एक स्थानीयले भने। यसैगरी चेङ्दु सहरको सडक पनि सुनसान देखिएका छन् तर फुड डेलिभरी सेवा भने सुचारु छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस