कांग्रेस संसदीय दलको निर्वाचन : मतदान अझै सुरू हुन सकेन

काठमाडौं, ६ पुस : नेपाली कांग्रेसकाे संसदीय दलको निर्वाचन अझै सुरू हुन सकेको छैन् ।

बुधबार बिहान ८ बजेदेखि निर्वाचन सुरू हुने भनिएपनि अझै सुरू हुन नसकेको पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनका प्रक्रियाहरू मिलाइ रहेका कारण मतदान ढिलाई हुन गएको हो । अब केही समयपछि मतदान कार्य सुरू हुने उहाँले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस