दक्षिण अफ्रिका ट्यांकर विस्फोट: १० जनाको मृत्यु, ४० घाइते

काठमाडौं, १० पुस : 

दक्षिण अफ्रिकाको जोहानेस बर्ग नजिक इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १० जनाका मृत्यु भएको छ । विस्फोटमा परी ४० जना घाइते भएका हुन् । जोहानेस बर्गको ट्याम्बा मेमोरियल अस्पताल नजिकको पुलमुनि फसेको ट्यांकरमा आगलागी भएको हो ।

अग्नीनियन्त्रहरुले आगलागी नियन्त्रणको प्रयास गर्दा विस्फोट भएको हो । विस्फोटका कारण अस्पतालको छतको केही भाग भत्केपछि बिरामीहरुलाई अन्यत्र सारिएकाे थियो । विस्फोटका कारण केही सवारीसाधनमा क्षति पुगेको छ । घाइते मध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएकाे छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी