सुनको मूल्य वर्षकै उच्च रेर्कड कायम

काठमाडौं, १९ पुस :

साताको तेस्रो दिन मंगलबार सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँ पुगेको हो । यस्तै, २०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो ।

त्यतिखेर एक लाख चार सय रूपैयाँ प्रतितोला पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख एक हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९ सय रूपैयाँले बढेर एक लाख दुई हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख एक हजार २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य मंगलबार १० रूपैयाँले बढेर १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा