फुटबलका विश्व ‘सम्राट’ पेलेलाई प्रसिद्धि प्राप्त गरेकै सहरमा समाधिस्थ गरियो

काठमाडौं, २० पुस :

फुटबलका विश्व सम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको सहरको चिहानमा समाधिस्थ गरिएको छ । नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

साङ्गीतिक टोलीको शोक धुनसँगै, शोक गीत र रोमन क्याथोलिक भजन गाउँदै, बजाउँदै गरिएको शव यात्रामा हजारौँ सहभागी भएका थिए । सुनले बेरिएको ‘कास्केट’आइपुग्नुअघि चिहानमा उपस्थित अपार जनसागरले पेलेलाई मनपर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए ।

पेलेको ८२ वर्षको उमेरमा गएको हप्ता निधन भएको हो । उनको शव सान्टोसमा राखिएको थियो जहाँ उनले १५ वर्षको उमेरमा खेल जीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए ।

पेलेको अन्तिम संस्कार वा शव यात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार, काका लगायत अनुपस्थिति रहेकामा पेलेका केही प्रशंसकले उनीहरूको आलोचना गरेका छन् ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि