मौद्रिक नीति साउन ७ भित्र

काठमाडौं, २१ पुस :

राजनीतिक दलहरुले बजेट निर्माणमा सधैंजसो विवाद झिकेपछि नयाँ संविधानले जेठ १५ मा आगामी वर्षको वार्षिक बजेट ल्याउनुपर्ने किटानी व्यवस्था गरेको छ । यो व्यवस्थापछि बजेटमा राजनीतिक दलहरुले गर्ने विवाद धेरै कम भएर गएको छ ।

बजेटजस्तै अब मौद्रिक नीति सार्वजनिक गर्ने समय पनि निश्चित गरिएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकले नीति सार्वजनिक हुने निश्चित मिति तोकेको हो । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक हुने समय साउन पहिलो सातालाई तोकेको छ । केन्द्रीय बैंकको मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन गर्दै मौद्रिक नीति र यसको त्रैमासिक र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समयसीमा निर्धारण गरेको छ ।

राष्ट्र बैंकले बुधबार मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन, २०७९ जारी गर्दै मौद्रिक नीति सार्वजनिक हुने मिति साउन पहिलो सातासम्मलाई निर्धारण गरेको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस