नेपाल टी–ट्वान्टी : उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं, २७ पुस :

काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्स भिड्नेछन् ।

फाइनल खेल किर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह मध्यान्ह १२ बजेबाट सुरु हुनेछ । समूह चरण विजेता लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो ।

विराटनगरले भने समूह चरणमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा काठमाडौं नाईट्स तथा दोस्रो क्वालिफायरमा जनकपुरलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो ।

यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै खेल लुम्बिनीले जितेको थिए । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी