काठमाडौं, २ माघ :
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी छ । बालुवाटार स्रोतका अनुसार सोमबार साँझ पौने ६ बजेदेखि बैठक सुरु भएको छ ।
स्रोतले भन्यो,’बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बृहत छलफल भइरहेको छ।’ बालुवाटार बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच झण्डै ५ घण्टा बालकोटमा छलफल भएको थियो ।





