देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ माघ :

देशभर पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२०१ जनाको नमूना परीक्षण गरिएको थियो ।

७२८ जनाको पीसीआर र ४७३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार ४ जना संक्रमणमुक्त भएका छन् भने देशभर २४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस