माओवादी केन्द्र र नेसपा एकताबीच एकताका लागि गहन छलफल

काठमाडौं, ७ माघ : 

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकताका लागि आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ ।

दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको विधान, प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति भएको नेसपाका वार्ता टोली संयोजक गंगा श्रेष्ठले जानकारी दिनुभयो ।

नेसपाले यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइसकेको छ । दुवै पार्टीबीच एकताको सहमति भइसकेको छ । माघ १० गते अर्को बैठक बसेर एकताको टुंगो लगाइने श्रेष्ठको भनाई छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस