सोमालियाको एक सरकारी भवनमा बम आक्रमण हुँदा ५ जनाको मृत्यु, १६ घाइते

काठमाडौं, ९ माघ :

सोमालियाको राजधानी मोगादिशुको एक सरकारी भवनमा बम आक्रमण हुँदा ५ जना मानिसको मृत्यु भएको छ ।

सोही आक्रमणमा परी १६ जना घाइते भएका हुन् । सोमालियाको बिद्रोही समूह अल सबाबका आक्रमणकारीहरुले मोगादिशुमा रहेको मेयरको कार्यालयमा प्रवेश गरी सुरक्षाकर्मीमाथि बम प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो । बम आक्रमण भएपछि आतंकवादीहरु भने फरार भएका छन् ।

सोमालिया सरकारले देशको दक्षिणी क्षेत्रमा अल सबाब विरुद्ध गरिरहेको कारबाहीको बदलामा विद्रोहीले पनि प्रतिआक्रमणलाई तीब्रता दिंदै आएका छन् ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस