स्पट फिक्सिङमा १० जना संलग्न, नो बल फाल्नेलाई १० लाख रुपैयाँसम्म ‘अफर’

काठमाडौं, १० माघ : 

नेपाल टी–ट्वेण्टी क्रिकेट लिगमा भएको स्पट फिक्सिमा १० जनाको संलग्नता रहेको पाइएको छ ।

खेलाडी, व्यवस्थापक र विचौलिया गरेर १० जनाको संलग्नता देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पत्रकार सम्मेलन गरेर जनाएको छ ।

खेलाडीहरु आदिल आलम र मेहबुब आलमलाई हिजो सीआईबीले पक्राउ गरिसकेको छ । आदिलले प्रलोभनमै परेर नो बल र वाइड बल फालेको भेटिएको प्रहरीको दाबी छ ।

स्पट फिक्सिङमा चार वटा फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ । काठमाण्डौ नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको सीआईबीले जनाएको छ ।

अहिलेसम्मको अध्ययन अनुसार ४ वटा खेलमा स्पट फिक्सिङ भएको देखिएको छ । वाइड, चौका, छक्का, नो, बल, नो रन लगायतमा खेलाडीलाई ६ लाखदेखि १० लाख रुपैयाँसम्म अफर गरेको पाइएको पनि सीआईबीले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस