सुनकाे भाउ अहिलेसम्मकै महँगो, आज तोलामा सात सय रुपैयाँ बढ्यो

काठमाडौं, १२ माघ :

सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । भाउ बढेर सुन आज तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । यो हिजोको भाउभन्दा सात सय रुपैयाँले धेरै हो । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा सुन महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस