नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश

काठमाण्डौं, १४ माघ :

अमेरिकी खेलाडी टोमी पाउललाई हराउँदै सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा टोमीलाई ७–५, ६–१ र ६–२ ले हराउँदै ९ पटकको च्याम्पियन जोकोभिच फाइनलमा प्रवेश गरेका हुन् ।

३५ वर्षीय जोकोभिचले गत वर्ष भने खेल्न पाएका थिएनन् । कोभिड–१९ को खोप नलगाएको कारण उनलाई फर्काईएको थियो ।

अब जोकोभिचले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सिपाससँग खेल्नेछन् । पहिलो सेमिफाइनलमा रुसका करेन खाचानोभलाई हराउँदै सित्सिपासले फाइनलमा स्थान पक्का गरिसकेका छन् ।

मेलबर्नमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा तेस्रो वरीयताका सित्सिपासले रुसी खेलाडीमाथि ७–६९७–२०, ६–४, ६–७९६–८० र ६–३ को जित निकाले ।

सित्सिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन् ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस