म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

काठमाण्डौं, १५ माघ : 

म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा रिडीङलाई ३–१ ले हराउँदै युनाईटेड पाँचौं चरणमा प्रवेश गरेको हो ।

खेलको ५४ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई दोब्बर अग्रता दिलाए । ६६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडको अग्रता ३–० ले अघि बढाए । त्यसपछि ७२ औं मिनेटमा अमाडोउ सालिफले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड ३–१ ले विजयी भयो ।

खेलको ६५ औं मिनेटमा एन्डी कारोलले रातो कार्ड पाएपछि रिडीङ १० खेलाडीमा समेटिएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा