देशभर थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौं, १५ माघ :   

पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५३ जनाको नमूना परीक्षण गरिएको थियो ।

३२६ जनाको पीसीआर र ३२७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार १ जना संक्रमणमुक्त भएका छन् भने देशभर १८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने