चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

चितवन, १० कात्तिक : चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित धारापानीमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। आज बिहान ८:४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन्।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने