ब्राजिलमा खेलाडी चढेको बस दुर्घटना, ४ को मृत्यु २९ घाइते

काठमाण्डौं, १८ माघ :

ब्राजिलमा फुटबल टोली सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । इस्पोर्ट क्लबका किशोर खेलाडीहरू उपाधि जितेर फर्किरहेको अवस्थामा गाडी दुर्घटनामा परेको हो ।

उनीहरु ब्राजिलको उवापोरङामा एक प्रतियोगिता खेलेर फर्किरहेका थिए । पुलमा पुग्दा ड्राइभरले नियन्त्रण गुमाउँदा बस ३२ फिट तल खसेको थियो ।

मृत्यु हुनेहरूको उमेर १४ देखि १७ वर्ष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा