एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ, २४ माघ :

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

उहाँका अनुसार बैठकको मिति चाँडै नै तय गरिनेछ । एमालेले निर्वाचनको समीक्षा, प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन, समसामयिक राजनीति, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी